सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

  शुक्रबार १८, साउन २०८१ ०७:२५

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन्।  अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन्।

गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो।  दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ। 

clock शुक्रबार १८, साउन २०८१ ०७:२५

प्रतिक्रिया