विनोद भण्डारी ‘ब्रेड बक्स’को ब्रान्ड एम्बेसेडर नियुक्त
धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टोली ‘ए’का कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई ‘ब्रेड बक्स’ को ब्रान्ड एम्बेसेडरमा नियुक्त गरिएको छ ।
‘कफी मेकर’ कम्पनी ब्रेड बक्सका मालिक सुवास शाही र क्रिकेटर भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ब्रेड बक्सले भण्डारीसँग सुरुवातमा एक वर्षका लागि सम्झौता गरेको र पछि सम्झौता थप गरिने जानकारी दिएको छ ।
‘यो सहकार्य कफी र क्रिकेटलाई एकसाथ ल्याउने मात्र नभई युवाहरूलाई प्रेरणा दिन, उनीहरूको सपनालाई साकार गर्नका लागि पनि एक प्रेरणा बन्नेछ,’ ब्रेड बक्सले भनेको छ ।
ब्रेड बक्सले यस साझेदारीमार्फत नेपाली खेलकुद र उद्यमशीलताको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया