धनगढीको जुगेडा र घोडसुवामा २ दिन निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने

  बिहिबार १०, जेठ २०८१ १०:५३

धनगढी । कैलालीको धनगढीमा दुई दिने निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिका र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा क्यान्सर परीक्षण शिविर सञ्चालन हुन लागेको हो ।

सो क्यान्सर परीक्षण शिविर यही जेठ ११ र १२ गते सञ्चालन हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाअनुसार जेठ ११ गते शुक्रवार धनगढीको वडा नम्बर १२ जुगेडाको नवदुर्गा आधारभूत विद्यालय र १२ गते शनिवार वडा नम्बर ११ को सहरी स्वास्थ्य केन्द्र घोडसुवामा शिविर सञ्चालन हुने छ ।

शिविरमा विभिन्न क्यान्सरको चेकजाँच र परीक्षण गरिने छ । ३० वर्ष माथिका महिलाको पाठेघरको सम्भावित क्यान्सरको निःशुल्क चेकजाँच हुने उपमहानगरले जनाएको छ ।

clock बिहिबार १०, जेठ २०८१ १०:५३

प्रतिक्रिया