गम्भीर घाइतेको ज्यान बचाएबापत डा. विवेक जोशीलाई डमौलियावासीद्वारा सम्मान

  शनिबार २०, मङि्सर २०८२ ०८:३६

कैलाली । धनगढीस्थित कैलाली अस्पतालका ल्याप्रोस्कोपी सर्जन डा. विवेक जोशीलाई एक गम्भीर घाइते बिरामीको ज्यान बचाएको योगदानका लागि धनगढी उपमहानगरपालिका–१७ डमौलिया गाउँका स्थानीयले विशेष सम्मान गरेका छन्। 

घरायसी काम गर्ने क्रममा छातीमा धारिलो हतियार लागेर गम्भीर घाइते बनेका डमौलियाका शुसिल चौधरीलाई सफल शल्यक्रिया गरी जीवनदान दिएको कृतज्ञतास्वरूप गाउँलेहरूले डा। जोशीलाई गाउँमै निम्तो गरी सम्मान कार्यक्रम आयोजना गरेका थिए।


घाइते चौधरीलाई पहिलो चरणमा विभिन्न अस्पताल लगिएको भए पनि ‘उपचार सम्भव छैन’ भन्दै केही अस्पतालले फिर्ता पठाएका थिए। अवस्था झनै जटिल बन्दै गएपछि अन्ततः उनलाई कैलाली अस्पतालमा ल्याइयो, जहाँ डा। जोशीको नेतृत्वमा चिकित्सकको टोलीले तुरुन्तै आपतकालीन शल्यक्रिया शुरु गरेको थियो।

चिकित्सकहरूका अनुसार चौधरीको बाँच्ने सम्भावना केवल पाँच प्रतिशत मात्र थियो। तर जोखिमपूर्ण अवस्थामासमेत गरिएको सफल शल्यक्रिया र निरन्तर सघन उपचारका कारण चौधरीको ज्यान बचाउन सकिएको हो।

उनी अहिले पूर्ण रूपमा स्वास्थ्यलाभ गरिरहेका छन् र सामान्य जीवनतर्फ फर्किसकेका छन्। चौधरी परिवार र स्थानीय जनता डा। जोशीको समयमै गरिएको निर्णय, दक्षता र समर्पणलाई जीवन–रक्षक योगदानका रूपमा प्रशंसा गरिरहेका छन्।

clock शनिबार २०, मङि्सर २०८२ ०८:३६

प्रतिक्रिया