कुरा काट्ने स्वार्थी आफन्तहरू र आत्मपहिचानको बाटो

  बिहिबार ०३, पुष २०८२ २०:२९

अरूले के ही राम्रो काम गरेको देख्न न हुने हाम्रो समाजमा रहेका आफन्तहरू आत्मीयता, प्रेम, माया ,ममता र सदभाव भन्ने कुरात तपाईंहरुमा कहिले थियो र तर  पनि अरूको कुरा न काट्दा त हुन्छ होला नि ।हरेक व्यक्तिले पहिले आफू कस्तो छु कहाँ छु के गर्दै छु कतै मेरो भनाइले कसैको जीवनमा असर त परिरहेको छैन् ।भनेर सोच्नु पर्छ। यो जिन्जी युग हो हामी तिमीहरू जस्तो छैनौ किनकि हामी कसैलाई दमन शोषण पनि गर्दैन आफूलाई  पनि धेरै ठूलो ठान्दैन।

हामी नेपाली हौ कसै माथि पनि तेरो जात यस्तो त यस्तो भनेर भन्दैन हामी सबै एक अर्कामा सहिशुर्णताको भावन कदर गर्दछौं।तपाईंहरू शिक्षित न भए  पनि तपाईं हरु को छोरा छोरी हरुत शिक्षित होलान् ।कुरा काट्न सिकाउनु भन्दा त केही नयाँ राम्रो जानकारी दिनु पर्ने हो नी ।

अरूको बारेमा कुरा काटेर बस्नु भन्दा आफ्नै पहिचान अगाडि बढाउनु धेरै राम्रो कुरा हो। तर दुर्भाग्यवश, समाजमा यस्ता स्वार्थी आफन्तहरू पनि हुन्छन् जो आफ्नो कमजोरी लुकाउन अरूको आलोचना गरेर आफू ठूलो बन्न खोज्छन्। अरूको जीवन, व्यवहार र निर्णयमाथि यस्तो छ, उस्तो छ” भनेर टिप्पणी गर्नु नै उनीहरूको दैनिकीजस्तै बनेको हुन्छ।
यस्ता आफन्तहरू आफूलाई धेरै ज्ञानी र सही ठान्छन्। उनीहरू भन्छन् हामीले सबै थाहा पाएका छौँ हामी त ठीकै छौँ, अरू नै बिग्रिएका हुन्। तर उनीहरूलाई आफ्नै चरित्र, सोच र व्यवहार कस्तो छ भन्ने आत्मबोध हुँदैन। अरूको कमजोरी देखाउन हतारिने यी मानिसहरू आफ्नै कमजोरीसँग आँखा जुधाउन डराउँछन्।

अरूको कुरा काटेर न कसैको भविष्य बन्छ, न आफ्नै सम्मान बढ्छ। यस्तो व्यवहारले क्षणिक सन्तुष्टि त दिन्छ होला, तर दीर्घकालमा यसले सम्बन्ध बिगार्छ, विश्वास तोड्छ र आफन्तीपनलाई खोक्रो बनाउँछ। जो सधैँ अरूको आलोचनामा रमाउँछन्, उनीहरू प्रायः आफ्नो जीवनमा केही ठोस उपलब्धि गर्न सकेका हुँदैनन्।

यसको विपरीत, आत्मपहिचान अगाडि बढाउने मान्छेहरू चुपचाप मेहनत गर्छन्। उनीहरू अरूको बारेमा बोल्नभन्दा आफू के बन्ने, के गर्ने र कसरी अघि बढ्ने भन्नेमा केन्द्रित हुन्छन्। उनीहरूलाई थाहा हुन्छ—साँचो जवाफ शब्दमा होइन, काममा हुन्छ।

स्वार्थी आफन्तहरू आज पनि भन्छन्—“त्यो त यस्तो छ, उस्तो छ।” तर समयले देखाइदिन्छ को कस्तो हो भनेर। अरूलाई होच्याएर होइन, आफूलाई उचालेर मात्र पहिचान बनाइन्छ। त्यसैले अरूको कुरा काट्नेहरूलाई समयमै छोडेर, आफ्नै बाटोमा दृढतापूर्वक अगाडि बढ्नु नै सबैभन्दा ठूलो उत्तर हो।
 

clock बिहिबार ०३, पुष २०८२ २०:२९

प्रतिक्रिया