उम्मेदवारी सिफारिसमा नपरेका बैतडीका दुई कांग्रेस नेताको निवेदन केन्द्रमा

  बिहिबार ०३, पुष २०८२ २०:११

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बैतडीबाट जिल्ला कार्यसमितिको सिफारिसमा नपरेका दुई नेताको निवेदन केन्द्रीय कार्यालयमा पठाएको छ।

जिल्ला सिफारिस प्रक्रियाप्रति आपत्ति जनाउँदै उत्तरबहादुर ऐर र तेजबहादुर चन्दले प्रदेश कार्यालयमा निवेदन दिएका थिए।

जिल्ला सभापति चतुरबहादुुर चन्दले ११८ प्रतिनिधिमध्ये गोठालापानीका ७३ जनाबाट फर्जी मतदान गराएकाले उक्त कामको विरोध गर्दै आफूूहरुले बहिस्कार गरेको र चन्दले पठाएको नाममाथि पुुर्नविचार गर्न केन्द्र र प्रदेशमा निवेदन दिएको ऐरले बताए। 

यसअघि ऐर र चन्दसहित पाँच जना आकांक्षीले २० मंसिरमा विज्ञप्ति जारी गर्दै जिल्ला सभापति चतुरबहादुर चन्द पक्षीय नेताहरूले एकलौटी रूपमा सिफारिस गरेको आरोप लगाएका थिए।


प्रदेश कार्यसमितिका अनुसार जिल्ला कार्यसमितिले बैतडीबाट प्रत्यक्षतर्फ सभापति चतुरबहादुर चन्दसहित विष्णुदत्त जोशी र जानकी भट्टको नाम सिफारिस गरेको छ।

clock बिहिबार ०३, पुष २०८२ २०:११

प्रतिक्रिया