एमालेले बोलायो नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।
शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।
आज सम्पन्न एमालेको ११औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
प्रतिक्रिया