काङ्ग्रेस नाउपाका माग प्रति सकारात्मक छ – रेशम

  शुक्रबार २५, फागुन २०८० ०९:४२

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस र आफूहरूबिचको छलफल सकारात्मक भएको बताएका छन् ।

बिहीबार अबेरसम्म भएको छलफलमा सुदूरपश्चिममा रहेको कांग्रेससहितको विद्यमान सत्ता गठबन्धन जोगाउन कांग्रेस त्याग गर्न तयार रहेको खुलासा गरेका हुन् ।

आफूहरूले मुख्यमन्त्रीसहित केही मन्त्रालय मागेको बताउँदै उनले त्यसमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए। 

नाउपा संरक्षक चौधरीले भने, ‘यता (सुदूरपश्चिम) र उता (केन्द्र)मा पनि म त कांग्रेस बलियो देख्छु । आज सुदूरपश्चिम सरकारबारे निक्र्यौल हुन्छ । हामीले यहाँ राखेको मागप्रति कांग्रेस तयार छ । हामी एक चरणमा अहिले एमाले–माओवादीसँग पनि बस्दै छौ । उहाँहरू पनि हामीप्रति सकारात्मक नै हुनुहुन्छ ।’  

नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

clock शुक्रबार २५, फागुन २०८० ०९:४२

प्रतिक्रिया