कैलालीमा सबै मिलाउन अध्यक्ष ढुंगानालाई ओलीको सुझाव

  शनिबार १९, फागुन २०८० १९:२१

धनगढी । नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानालाई पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजान सुझाव दिएका छन् ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा उनले ढुङ्गानालाई पार्टी एकढिक्का बनाएर लैजान सबैलाई समेट्नु पर्ने बताएका हुन् । नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित ढुङ्गानालाई बधाई दिँदै अध्यक्ष ओलीले चुनावको तिक्तता मेट्न र सबैलाई समेट्न आग्रह गरेका थिए ।

उनले कैलालीमा यति गर्दा आगामी निर्वाचनमा एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे । ‘मिसन ८४ सफल बनाउनु छ कैलालीमा सबैलाई समेटेर लैजानुहोला’ ओलीको भनाइ थियो ‘एमाले सबै मिलेर बलियो बनाउनु पर्छ ।तपाइ सबैलाई मिलाएर अगाडी बढ्नु होला । ’

कैलाली अध्यक्ष ढुङ्गानाले केन्द्रीय अध्यक्षको निर्देशन अनुसार पार्टी बलियो बनाएर लैजाने बताएका थिए । उनले सबैको सल्लाह सुझाव लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष ओलीसँगको भेटमा जिल्ला अध्यक्ष ढुङ्गाना सहित एमाले पोलिट ब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्ना, प्रदेश कमिटी सदस्य तीर्थ भट्टराई पनि उपस्थित थिए । अध्यक्ष ओलीले कैलाली अध्यक्ष ढुङ्गानालाई कैलालीको अध्यक्षमा निर्वाचित भएको भन्दै बधाई दिँदै पेडा खुवाएका थिए । उनीहरु बिच करिब २० मिनेट संवाद भएको थियो ।

clock शनिबार १९, फागुन २०८० १९:२१

प्रतिक्रिया