माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य

  आइतबार २१, साउन २०८० १५:५८

धनगढी । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ। आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

१७ साउनदेखि जारी केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आज बिहान पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गराएको बताइएको छ।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्। यसअघि उनी केन्द्रीय कार्यालयको इञ्चार्ज थिए।

त्यस्तै,संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका अर्का उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इञ्चार्जको जिम्मा दिइएको छ। सचिव देवेन्द्र पौडेलले मधेस प्रदेशको इञ्चार्ज पाएका छन्।

त्यस्तै, कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव र सुदूरपश्चिममा डिलाराम आचार्यले इञ्चार्जको जिम्मेवारी पाएको बताइएको छ।

clock आइतबार २१, साउन २०८० १५:५८

प्रतिक्रिया