नयाँ चार जना मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथ लिने तयारी

  आइतबार ०९, कार्तिक २०८२ ०९:४५

काठमाडौं । सरकारले नयाँ चार जना मन्त्री नियुक्त गर्न लागेको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन् । आजै शपथ ग्रहणको तयारी भइरहेको स्रोतले जनाएको छ ।

नयाँ मन्त्री बन्नेमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहनुभएको छ । मन्त्रालयगत जिम्मेवारी पनि तय भइसकेको बताइएको छ ।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारलाई श्रम तथा रोजगार मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय तोकिएको छ ।

प्रधानमन्त्रीको सिफारिसपछि राष्ट्रपति कार्यालयले उनीहरूलाई आजै शपथ ग्रहण गराउने तयारी गरिरहेको छ । कार्यालयका अनुसार शपथको समय केहीबेरमै सार्वजनिक गरिनेछ । स्रोतका अनुसार , “चारै मन्त्रीको नाम सिफारिस भइसकेको छ, आजै शपथ ग्रहण हुनेछ ।” 

clock आइतबार ०९, कार्तिक २०८२ ०९:४५

प्रतिक्रिया