बझाङको काँडागाउँमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

  बिहिबार २०, कार्तिक २०८२ ०७:४६

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुधवार साँझ थलारा गाउँपालिका – २ काँडागाउँ नजिकै दुर्घटना हुँदा थलारा गाउँपालिका – २ काँडागाउँका स्थानीय पमले खाती र जसे खातीको मृत्यु भएको हो । 

वडाध्यक्ष रवीन्द्र बहादुर खातीले दुवै जनाको मृत्यु भएको पुष्टि गर्दै शव स्थानीय अस्पतालमा राखिएको बताए ।

सामान बोकेर  दंगाजीबाट काँडागाउँ  तर्फ गइरहेको सुप प्र ०१००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कैलालीका चालक खुसीराम चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

उनको उपचारका लागि धनगढी पठाइएको छ । ट्याक्टर सडकभन्दा ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

clock बिहिबार २०, कार्तिक २०८२ ०७:४६

प्रतिक्रिया