राष्ट्रको स्वाधीनताकाललागी देशभक्तहरूको शक्ति एकीकृत हुनु आवश्यक
रास्ट्रको निर्माणगर्न इतिहासमा धेरैले कठोर मेहनत गरेका छ्न, आफ्नो समयको माग अनुसार राजा एलम्बरले "गणसमुह" का रुपमा रहेका गोपाला र महिसपालाहरुको शासन पछी, एउटा व्यवस्थित राज्य व्यवस्था निर्माण गरे। उनले जमिनको व्यस्थापन सहित खेतीको व्यवस्थाद्वारा डुलिहिडने "फिरन्ते जीवन प्रणालीलाई स्थाइ बसोवास गर्ने नागरिक समाज प्रणालीमा बदले। कुथेर, माप्चोक, लिंगबाल जस्ता अदालत, करप्रणाली, सैन्य जस्ता संस्था मिर्माण गरि नेपाललाई एउटा "परीभाषित राज्य व्यवस्थामा ढाले।" तसर्थ उनी प्राचीन नेपालका एक महान राजा हुन। प्राचीन नेपालका निर्माता हुन।
लिच्छ्वी कालिन इतिहासका अध्यता जगदीशचन्द्र रेग्मिले "मानदेवले कसरी नेपालको एकीकरण गरे भन्ने सूक्ष्म ढंगले विवरण तयार गरेका छ्न।" मानदेव पनि प्राचीन नेपालका एक निर्माता नै हुन। बृशदेवले मगधको अतिक्रमण समाप्त गरे। मल्लपुरीका अशुंबर्माले काठमाडौं आइ अहिर गुप्तहरुले नेपालमा अधीन जमाएको अवस्थालाई समाप्त गरि नेपाललाई पुनहस्त्क्षेपबिहिन बनाए। नरेन्द्र देवले केरुङ्ग, काठमाडौं हुँदै मगध जाने "प्राचीन शिल्क रोडको शाखाको संरक्षण गरि नेपाललाइ धनी बनाए र चीन संग औपचारिक संबन्धको स्थापना गरे। यहि समयबाट नेपालले कागज उत्पादन गर्न सिक्यो र आज सम्म नेपाली कागज चलिरहेको छ।
यस्को केही समयपछि नेपालको केन्द्रिय सत्ता कम्जोर भयो। परीणाम स्वरुप किरात, बैसालीका लिच्छवी, वैदेहका मैथिल, काठमाडौंका नेवार, तराइका थारु, मध्यपश्चिमका मगर, र पश्चिमका माल्ल र खसहरुका ६ वटा सभ्यता बाहक हिमवतखन्डको प्रतिनिधित्व गर्ने नेपाल अनेक राज्यमा टुक्रीयो।
आधुनिककालको सुरुवात तिरै भारतमा ब्यापारका नाममा बन्दुक लिएर आएका ब्रीटिस अतिक्रमणकारीले भारतका मूर्ख रजौटाको लोभ र बिलासको फाइदा उठाइ उपनिवेशवाद लादे। ब्रीटिस इस्ट ईन्डिया कम्पनीले भारतमा ब्रीटीस साम्राज्य खडा गर्यो। यस्को प्रतिवाद गर्दै राजा पृथ्वीनारायण शाहले बिस्वमै उपनिवेशवादका विरुद्धमा पहिलो आन्दोलनको प्रतिनिधित्व गर्ने "नेपालको एकीकरणको अभियान शुरु गरे। नेपालले ब्रीटिस संङ्ग घुंडा टेकेन र आफ्नो भुमिको ठुला हिस्सा गुमेपनी नेपाल उपनिवेशबाट मुक्त रह्यो।
१. यो हो हाम्रो इतिहास। तर बारवरा, लियो रोज, जुडि र अनेक सिक्किममा पसेकी होप कुक जस्ता जासुसहरुले पश्चिमी प्रवाभ निर्माण गर्दै नेपाललाई खम्पा बिद्रोहको केन्द्र बनाए। सिल जस्ता संस्थाहरु निर्माण गरे र यस्को विरुद्ध घुंडा नटेकेका राजा महेन्द्रको शायद यिनै शक्तिले षडयन्त्रमुलक ढंगबाट अन्ते गरे। राजा महेन्द्र र योगि नरहरीनाथले "नेपालको मानशिक स्वतन्त्रता समाप्त गर्ने योजना स्वरुप ल्याएको अमेरिकी लगानीको नंया शिक्षा योजना नेपालमा लागुहुन दिएनन।'
२. तर दुर्भाग्य के भयो भने राजा बिरेन्द्रले पश्चिमी उदारवादी शिक्षाबाट प्रवाहित हुँदै, राजा महेन्द्रको सिहंदरवारलाइ शक्तिशाली बनाइ राजदरबारलाई शक्तिकेन्द्र बन्न नदिने योजनाका बिरुद्ध "वरिपरि सचीवहरुको घेरा सहितको दरबारिया शक्ति निर्माण गर्ने अल्लारे योजनाले सिंह दरवारको प्रवाभकारीता र राजनीतिक उदारवादको बाटोमा फर्किने महेन्द्रको योजना तुहियो।
३. यहि समयमा पस्यो २०२८ सालको कथित नंया शिक्षा योजना, जस्को नेतृत्व गरेका थिए इलोनोइका एक अमेरिकी प्राध्यापकले। योगि नरहरि नाथले रोहिकराइ गरे यो शिक्षा लागू नगर्न। तर दरबारका सचीवले उनलाइ सत्रु देखे। यहि समयदेखि नेपाल पश्चिमी बिदेशी शहायताको दुर्व्यसनको बिरामी भयो। यस शिक्षाले नेपालको इतिहास र संस्कृति ध्वस्त पारीदियो।आज नेपाल पश्चिमी मानशिक उपनिवेशको दास बनेको छ। आज देशमा लोकतन्त्रका नाममा आधा नेपाली (जन्मीएको ठाउँ र थर नामले नेपाली देखीने तर बिदेशीको पालण पोषणमा हुर्कीएका) र आधा बिदेशी (ग्रीन कार्ड बोकेका, बिदेशी आइएन्जिओबाट पालीएका) अनेक मान्छे देशमा बिदेशीको हैकम स्थापित गर्दैछ्न। कांग्रेस र सत्तासिन पार्टीभित्र पनि यस्तैको हुकुम चल्छ। जेन्जी आन्दोलनमा बिद्यार्थी मराएर अहिले यिनिहरुको राजनीतिक बर्चस्व निर्माण भएको छ। देशभक्ती, नेपाली इतिहास, नेपाली संस्कृति, मातृभाषाहरुको नास भएको छ। देशमा कठोर भुराजनितिक प्रतिस्पर्धा शुरु भएको छ। सन १८१६ को सुगौली सन्धी देखि नेपालका अनेकौं संन्धीहरु नस्ट गर्न सिंह दरवार जलाइएको छ। यो सहने, रास्ट्र प्रती एकरति ख्याल नभेको "बिस्मरण" को रोगले ग्रस्त नागरिकको निर्माण गरिंदैछ। रास्ट्र ध्वस्त गर्ने अपराधीक समूह निर्माण गरीकोछ। देशको सार्बभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने इतिहासको निर्माण गर्ने सपुतहरुको अपमान गरिएको छ।
४. आज देशमा राजनीति एउटा बितन्डाको रुपमा खडा भएको छ। २०७२ सालको पश्चिमी शक्तिले लादेको संबिधानबाट फाइदा उठाएर "अपवित्र गठबन्धन बनाउंदै नितिगत भ्रस्टाचार, राज्यका श्रोतको लुट र समग्र भ्रस्टाचारको खेती गर्ने" नेताहरु बिदेशीका चेसका गोटिनै थिए। आज यिनका घर जलाएर अर्काथरी सत्तामा जान अनेक जाल बुन्दैछ्न।
५. आज एकथरी पश्चिमी देशका आइएन्जीओमा आवद्ध तथा पश्चिमी देशमा घरबास बनाएका, श्रीमान श्रीमती भएका, बिदेशी एम्बेस्सीका नेपाली संगठनका सदस्य बनेका मान्छे समाविष्ट दलहरू बन्दैछ्न। नेपालको संकटपुर्ण बनेको भुराजनितीको एउटा पक्ष यो हो।
६. यसको प्रतिवादमा भारतको प्रभाव निर्माण गर्नेहरुको अर्को शक्ति बन्ने प्रक्रिया सुरुभएको छ।जेन्जी आन्दोलनका समयमा भारतिय कुटनैतिज्ञका संरक्षणमा बसेका नेता देखी त्यांहाको दानापनी खाने सम्म भारतलक्षधर राजनीतिक दल निर्माण गर्ने तरखरमा छ्न। संकटपुर्ण भुराजनितीको अर्को पक्ष यो हो।
७. यो अवस्थामा घर्म, संस्कृति, भाषा, इतिहासको कुरा त परजावस, यस कठिन भुराजनिती बाट रास्ट्रलाई जोगाएर कमाइ खाने ८०% नागरिकको समृद्धि कसरी निर्माण गर्ने हो भनी सोच्ने देशभक्तहरुको खडेरी छ। नेपाललाई तिब्बती सरणार्थीको केन्द्र बनाउन चाहने तत्वले चीनलाई उत्तेजित पारीरहेका छ्न । अत: रास्ट्रको संरक्षण गर्ने देशभक्त शक्ति संगठीत हुन सकेको छैन। अहिले बिगतका दलमा गांसीएर भ्रस्टाचारको गन्ध नलागेका देशभक्त हरु, समाजको समावेसी परीवर्तनका पक्षधर प्रगतिशीलहरु, सामाजिक उदारवादीहरुको मोर्चा बन्नुपर्ने अवस्था छ। यस्तो व्यक्तिहरु भिभजीत छ्न ससाना टुक्रे पार्टीमा बिभाजीत छ्न, तर संकटपुर्ण भुराजनितीले रास्ट्रको पक्षमा उनिहरुल जुरुक्कै एक भएर उठ्नु पर्ने अवस्था छ।अत: (क) सामुहिक नेतृत्वको सिद्धान्तमा आधारित, (ख) आर्थिक समता, राजनीतिक स्वतन्त्रता, भाषिक-धार्मिक- लैंगिक-तथा सभ्यताको समावेशिता र उत्पादनको बिकासमा आधारित सार्वजनिक अर्थतन्त्रको संरक्षणमा कृयाशिल अर्थतन्त्र र स्वरोजगार निर्माण गर्ने उत्पादनका केन्द्र बन्ने शिक्षा र (ग) भ्रस्टाचारको अखडा बनेको संघियताको संबोधन र स्थानीय तहको गैर दलिय स्वायत्तता सहितको भुगोल, बर्ग र व्यवसाय र सेवा क्षेत्र, बिद्यार्थी, शिक्षक, र निबृत कर्मचारी र सुरक्षाकर्मी सबैको संलग्नता रहेको संसद, (घ) सबै सभ्यता र संस्कृति र धर्मको प्रतिनिधित्व रहेको रास्ट्रीय सभा, र (ङ) बिदेशीको प्रवाभहिन जनउतरदायी प्रधानमन्त्री सहितको सामुहिक नेतृत्व रहेको कार्यकारी मन्त्रीपरीषद्को निर्वाचन गर्ने गरि संबिधानको संशोधन गर्ने लक्ष्य सहितको समताबादी समाज निर्माण गर्ने शक्तिको उदय आवस्यक छ। यो शक्तिको नेतृत्व बिज्ञहरु गर्दै राजनीतिमा पुस्तान्तरणको रणनीतिक लक्ष पुरागर्नुपर्छ। रास्ट्रलाई बिदेशीहरुको रणभुमि बणाउनेहरुको उद्देश्य पुराहुन नंदिउ।
 
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया