साना किसान कृषि सहकारी संस्था लि. मालाखेतीको अध्यक्षमा चौधरी निर्वाचित
अत्तरिया । कैलालीको गोदावरी नगरपालिका– २ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको अध्यक्षमा बल बहादुर चौधरी निर्वाचित भएका छन । आईतबार सम्पन्न संस्थाको २९औ वार्षिक साधारण सभा तथा १०औ अधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी बिष्ट र सदस्यहरुमा डिल्लीराज खत्री, पुष्पलाल खतिवडा, कमला कुमारी भण्डारी, लोक बहादुर सारुमगर, शिवा कडायत, बिमला खत्री र तेजराज अवस्थी रहेका छन ।
सदस्य चयन भएका अवस्थी यसअघिका कार्यसमिति अध्यक्ष हुन । उनले संस्थामा चौथो कार्यकालसम्म जिम्मेवारी वहन गरिसकेका थिए । त्यसैगरी अधिवेशनले संस्थाको लेखासमिति पनि चयन गरेको छ ।
जसको संयोजकमा सुस्मा केसी रहेकी छन भने सदस्यहरुमा चेतना भण्डारी र रत्ना साउँद मडै रहेका छन । आईतबार साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नयाँ निर्वाचित सम्पुर्ण पदाधिकारी एवम् सदस्यहरुलाई प्रमाणत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया