कैलाली–५ मा रास्वपाका चार जना आकांक्षी

  सोमबार ०७, पुष २०८२ ०७:०६

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका  कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि चार जनाले आकांक्षा व्यक्त गरेका छन्। 

पार्टीका एक नेताका अनुसार  क्षेत्र नम्बर ५ बाट  इन्जिनियर प्रकाश बिष्ट, जसु कुमारी भट्ट , हरि रेग्मी र भीम बोहराले उम्मेदवारी दिन चाहेका छन्।

इन्जिनियर विष्ट रास्वपाका प्रदेश सभापतिसमेत हुन् भने जसु कुमारी प्रदेश कोषाध्यक्ष हुन्। 

यस्तै हरि रेग्मी काँग्रेसबाट रास्वपामा आएका नेता हुन् भने भीम बोहरा धनगढीको एसपिए कलेजका पूर्व क्याम्पस प्रमुख हुन्।

clock सोमबार ०७, पुष २०८२ ०७:०६

प्रतिक्रिया