बझाङमा ढुङ्गाले लागेर आमाको मृत्यु भएपछि नवजात छोरीको बिचल्ली

  बुधबार ०२, माघ २०८१ १०:२६

बझाङ । बझाङमा ढुङ्गा खसेर आमाको मृत्यु भएपछि ४० दिनका नवजात छोरीको बिचल्ली भएको छ ।

सोमबार थलारा गाउँपालिका–३ देबलमाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गा खस्दा मृत्यु भएको थियो ।

उनको मृत्यु पछि ४० दिनकी एक नवजात छोरीको बिचल्ली भएको वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश भण्डारीले बताएका छन् । राधिकाका अढाई वर्षको छोरा पनि रहेका छन् ।

clock बुधबार ०२, माघ २०८१ १०:२६

प्रतिक्रिया