कैलाली अस्पतालमा प्रत्येक शनिवार क्यान्सर पीडितको उपचार हुने
धनगढी । धनगढीको कैलाली अस्पतालमा प्रत्येक शनिवार क्यान्सर पीडितको उपचार हुने भएको छ। कैलाली अस्पतालले शनिवारदेखि प्रत्येक शनिवार क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग तथा किमो सेवा थालेको हो।
कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले सुदूरपश्चिमका क्यान्सर पीडितहरुलाई प्रत्येक शनिवार उपचार तथा किमो सेवा दिने बताए। काठमाडौँको वीर अस्पतालका डाक्टर सौगात पौडेल र डाक्टर अन्जु केसीले क्यान्सर पीडितहरुलाई उपचार सेवा दिने भएका हुन।
क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग, किमो सेवा, प्राष्टेट क्यान्सर, ब्रेष्ट क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर र अन्य क्यान्सरका सेवाहरु कैलाली अस्पतालबाटै दिन थालिएको पौडेलले बताए। उनी प्रत्येक शनिवार काठमाडौँबाट धनगढी क्यान्सर पीडितको उपचारका लागि आउनु भएका हुन।
कैलाली अस्पतालले न्यून आय भएका सुदुरपश्चिमबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै धनगढीमै स्क्रीनिङ्ग तथा किमो सेवा थालेको हो। अस्पतालका सञ्चालक जोशीले किमो राख्नकै लागि चितवन तथा काठमाण्डौँमा महिनौँ दिन बस्नुपर्ने तथा हरेक महिना धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्न धनगढीमै सेवा सुरु गरेको बताए।
काठमाण्डौँकै शुल्कमा कैलाली अस्पतालले क्यान्सरको स्क्रीनिङ्ग तथा किमो सेवा दिने भएको हो। धनगढी उपमहानगरपालिका–१ जिल्ला प्रशासन कार्यालय अगाडी रहेको कैलाली अस्पतालले विषेशज्ञसहितके स्वास्थ्य उपचार सेवा दिने गरेको छ।
प्रतिक्रिया