रैकाशाहीको वंशावली पुस्तक लोकार्पण

  शुक्रबार १८, पुष २०८२ २०:१३

धनगढी । लेखक रामबहादुर शाहीद्वारा लिखित  ‘रैकाशाहीको वंशावली’ पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार सुदूरपश्चिमाञ्चल क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभाध्यक्ष योगेन्द्र बहादुर शाही रहेका थिए भने प्रमुख अतिथिका रूपमा कैलाली क्षेत्र नं. ५ का पूर्व प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त सहभागी हुनु भएको थियो।

विशिष्ट अतिथि प्राध्यापक सुरेन्द्र चन्द रहनु भएको कार्यक्रममा अतिथि एसपीए कलेजका क्याम्पस प्रमुख बुधराम चौधरी, दीर्घराज जोशी तथा प्राज्ञ वासुदेव पाण्डेयको पनि उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरूले वंशावली लेखन इतिहास, संस्कृति र पहिचान संरक्षणको महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै लेखक शाहीको प्रयासको खुलेर प्रशंसा गरे। 

सबै अतिथिहरूले  ‘रैकाशाहीको वंशावली’ पुस्तक लेख्नु सकारात्मक र आवश्यक कार्य भएको बताउँदै लेखकलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए।

कार्यक्रमको सञ्चालन डा. देवेन्द्रप्रसाद भट्टले गर्नुभएको थियो। यसका साथै सुदूरपश्चिमाञ्चल क्याम्पसको सभा हलमा आयोजित लोकार्पण समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

clock शुक्रबार १८, पुष २०८२ २०:१३

प्रतिक्रिया