रास्वपा सँगको एकीकरण पछि पनि उज्यालो नेपाल पार्टीद्वारा कैलालीमा छुट्टै उम्मेदवार छनोट
धनगढी । उज्यालो नेपाल पार्टीले कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फको उम्मेदवार छनोट गरेको छ । रास्वपाका केन्द्रीय सदस्य मनोज लुहारका अनुसार उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फ चुनाव लड्न उम्मेदवार छनोट गरेको हो ।
जसअनुसार कैलाली क्षेत्र नम्बर १ बाट प्रदीप चौधरी, कैलाली क्षेत्र नम्बर २ बाट भक्त चलाउने, कैलाली क्षेत्र नम्बर ३ बाट मनोज लुहार जैगडी, र जगत जोशी, कैलाली क्षेत्र नम्बर ४ बाट सुभाष कुंवार र कैलाली क्षेत्र नम्बर ५ बाट क्षितिज भण्डारीको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी नेपाल बिच पुस १४ गते पार्टी ७ बुँदे सहमति भएर पार्टी एकता गर्ने सहमति भएको थियो ।
सहमति अनुसार पार्टीको नाम रास्वपा रहने र कुलमान घिसिङ पार्टीको उपाध्यक्ष हुने उल्लेख छ । अहिले तल्लो स्तर सम्म एकीकरणको प्रक्रिया चलिरहँदा उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट उम्मेदवार सिफारिस गरेको केन्द्रीय सदस्य लुहारले बताए ।
प्रतिक्रिया