कैलाली बहुमुखी क्याम्पसमा २३ पुसदेखि माघ ७ गतेसम्म हिउँदे बिदा
धनगढी । कैलाली बहुमुखी क्याम्पसले २०८२ पुस २३ गतेदेखि माघ ७ गतेसम्म हिउँदे बिदा रहने जानकारी दिएको छ।
सूचनामा भनिएको छ कि बिदाको अवधिमा पठन–पाठन र अन्य नियमित शैक्षिक गतिविधि स्थगित रहनेछ, तर प्रशासनिक काम बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछन्।
सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले भने सबै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट पारेको छ।
सूचना क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टद्वारा जारी गरिएको छ र सम्बन्धित विद्यार्थी, शिक्षक र कर्मचारीलाई जानकारी दिइएको छ।

प्रतिक्रिया