नवजीवन अस्पतालद्वारा डोटीका डिल्लीराजको निशुल्क सल्यक्रिया

  बुधबार १९, असार २०८१ १८:५३

धनगढी । धनगढीको नवजिवन अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ । आर्थिक अवस्था निकै कमजोर भएका एक जनाको अस्पतालले निशुल्क शल्यक्रिया गरेको हो । 

डोटीको जोरायल गाउँपालिका ५ गडसेराका ६१ बर्षिय अस्पतालले निशुल्क शल्यक्रिया गरेको हो । हात भाँचिएका डिल्लीराज जोशीलाई आर्थिक अवस्था कमजोर भएकै कारण स्थानियको सहयोगमा धनगढी ल्याइएको थियो ।

अस्पतालका कार्यकारी अधिकृत चक्र खडायतका अनुसार आर्थिक अवस्था कमजोर भएका जोशीको अस्पतालले निशुल्क उपचार गरेको हो । सामाजिक उत्तरदायित्व स्वरुप अस्पतालले शल्यक्रिया गरिएको उनले बताए । 

हाडजोर्नि बिषेशज्ञ डा. बिदुरमणी ढकालले जोशीको शल्यक्रिया गरेका हुन् । जोशीको उपचारमा ५० हजार जती खर्च आउने भएपनि अस्पतालले निशुल्क शल्यक्रिया र औषधी समेत उपलब्ध गराइएको बताइएको छ ।

clock बुधबार १९, असार २०८१ १८:५३

प्रतिक्रिया