अनेमसङ्घ सुदूरपश्चिमको युवा सङ्गठन अध्यक्षमा कल्पना पाल सर्वसम्मत निर्वाचित

  आइतबार ३०, बैशाख २०८१ ०९:५०

धनगढी । अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश स्तरीय युवा भेलाले कल्पना पालको नेतृत्वमा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा पशुपति महतारा, सचिव दुर्गा नेपाली, सहसचिव निता ढुङ्गाना, कोषाध्यक्ष दुरा कुमारी भाट र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । सबै जिल्लाबाट २५ सदस्य रहने कमिटीका बाँकी सदस्यहरु पछि मनोनित गरिने जनाइएको छ ।

अनेमससङ्घ केन्द्रीय युवा कमिटी सदस्य विन्दु अधिकारीको अध्यक्षतामा भएको भेलामा अनेमसङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज आशा विक, प्रमुख अतिथि र नेकपा एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द विशिष्ट अतिथि रहेका थिए ।

यस्तै भेलामा नेकपा एमाले कन्चनपुर अध्यक्ष लक्ष्मी बुढा, अनेमसङ्घका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज रुक्मणी देवकोटा, केन्द्रीय सदस्य तथा बझाङका इन्चार्ज भागरथी सिँह, केन्द्रीय सदस्य अञ्जली शर्मा, प्रदेश अध्यक्ष झुमा चौधरी लगायतका नेताहरु अतिथि रहनुभएको थियो ।

अनेमसङ्घले युवा महिलाहरुलाई राजनीतिमा जोड्न सबै जिल्लामा युवा भेला गर्दै कमिटी गठन गर्न लागेको प्रदेश अध्यक्ष झुमा चौधरीको भनाई छ ।

clock आइतबार ३०, बैशाख २०८१ ०९:५०

प्रतिक्रिया