लेखराज भट्टलाई उपमहासचिवको उम्मेदवार बनाउन ओली सहमत
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउन तयार भएका छन् ।
सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, उनले सचिवमा आफू नलड्ने भन्दै असन्तुष्टि जनाएपछि ओली सूची सच्याउँदै उपमहासचिव पदको उम्मेदवार बनाउन राजी भएका हुन् ।
भट्टले आफूलाई ओली प्यानलबाट उपमहासचिवको उम्मेदवार बनाइएको पुष्टि गरे । सोहीअनुसार आफूले उपमहासचिवमा उम्मेदवारी दिने उनको भनाइ छ ।
उनलाई उपमहासचिवको उम्मेदवार बनाइने भएसँगै भानुभक्त ढकाल सचिवको उम्मेदवार हुने भएका छन् । अब ओली प्यानलबाट उपमहासचिवमा भट्टसहित रघुवीर महासेठ र विष्णु रिमालको उम्मेदवारी रहनेछ । एमालेको महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयन गर्न मंगलबार मतदान हुँदैछ ।
प्रतिक्रिया