एमाले त्यागेका गोकर्ण भट्ट रास्वपा प्रवेश गर्दै

  सोमबार २९, मङि्सर २०८२ १०:०६

अत्तरिया । डेढ महिना अघि नेकपा एमाले त्यागेका गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । कार्तिक १४ गते नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पद सहित पार्टी परित्यागको घोषणा गरेका भट्ट रास्वपा प्रवेश गर्न लागेका हुन ।

उनले सोमबार सामाजिक सञ्जाल मार्फत आफू २र४ दिन भित्रमा रास्वपा प्रवेश गर्न लागेको बताएका छन् । उनले पार्टी परित्याग गरेर स्वतन्त्र नागरिक भएर समाज सेवा गर्न खोजे पनि एक्लै आम जनताका समस्या समाधान गर्न असम्भव हुने कुराको महसुस गरेर जनताका बिचमा लोकप्रिय पार्टी रास्वपामा जान लागेको बताएका छन् ।


उनले लेखेका छन् “मैले कार्तिक १४ गते एमाले पार्टी परित्याग गर्दा नेपाली जनताको राजनैतिक पार्टी प्रति वितृष्णा भएको देख्दा मैले कुनै पनि राजनैतिक पार्टीको सदस्यता नलिई स्वतन्त्र नागरिक भएर समाजको सेवा गर्ने मनसाय गरेको थिए तर पार्टी परित्याग पछि करिब डेढ महिना म जस्तो प्रतक्ष रूपमा आम जनतासँग जोडिएको व्यक्ति दल बिना आफ्ना शुभचिन्तक आम जनसमुदाय माथि आइपर्ने दैनिक समस्या एउटा स्वतन्त्र व्यक्तिबाट समाधान गर्न असम्भव हुँदो रहेछ भन्ने कुराको मैले  अनुभूति गरे , लामो समय करिब ४६ वर्ष कम्युनिस्ट पार्टीको सदस्यता लिएर क्रियाशील भैरहदा नेपालका नामधारी कम्युनिस्ट  नभै कमाउनिष्टमा  रूपान्तरण   भएको देखियो कम्युनिस्टको साइनबोर्ड राखेर जनता लुट्ने पसल भएको देखेर मैले नेपालमा जबरजस्त रूपमा जनताको बिचमा लोकप्रिय हुँदै गएको पार्टीमा प्रवेश गरेर मेरा शुभचिन्तक प्रति आशावादी र मलाई सधैँ मेरो चरित्र हत्या गर्ने र ब्यङ्गबाण गरिरहने सधैँ मेरो कुभलो चाहने मित्रहरूलाई चसक्क पोल्ने गरी  छिट्टै राजनैतिक निर्णय गर्दै छु मलाई थाहा छ मेरो निर्णयले शुभचिन्तकहरूमा नयाँ ऊर्जा थपिने छ भने विरोधीबाट गालीको वर्षा हुनेछ राजनीतिक निर्णय लिँदा र राजनैतिक यात्रा त्यति सहज र सरल हुँदैन भन्ने कुराको मलाई राम्रोसँग ज्ञात छ विरोधीको धर्म नै हो अनेकौँ किसिमका जालझेल र षडयन्त्र गरेर फसाउने जसको प्रत्यक्ष भोगाइ अहिले रबी लामिछाने माथि परेको छ उक्त षडयन्त्रको ज्ञात सम्पूर्ण नेपाली जनताले देखिरहेका छन् त्यसको हिसाब किताब नेपाली जनताले गर्ने नै छन् , लामो समयसम्म मेरा शुभचिन्तकहरूलाई अन्योलमा राख्नु हुँदैन भन्ने मनसायले २र४ दिन भित्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने जानकारी  गराउन चाहन्छु ।”

clock सोमबार २९, मङि्सर २०८२ १०:०६

प्रतिक्रिया