बझाङमा उत्साहपूर्वक मतदान हुँदै

  शनिबार १५, बैशाख २०८१ ०८:३०

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन १ (क) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । 

निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । । 

७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए ।  

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । 

यो चुनावमा ६१ हजार ७४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ । रासस

clock शनिबार १५, बैशाख २०८१ ०८:३०

प्रतिक्रिया