गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई गृहमन्त्री आग्रह

  मङ्गलबार २९, फागुन २०८० ०९:४१

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

देश भरका राष्ट्रसेवक  प्रहरीहरूलाई अपिल गर्दै उनले भनेका छन्– देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो।

लामिछानेले थप भनेका छन्–ुतपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ। ु

clock मङ्गलबार २९, फागुन २०८० ०९:४१

प्रतिक्रिया