एमाले बाजुराको अध्यक्षमा थापा

  सोमबार २९, माघ २०८० ०८:४७

बाजुरा। नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् ।

जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि जिल्ला कमिटी बैठकले अध्यक्ष पदमा भरत बहादुर थापालाई सर्वसम्मत निर्णय गरेको हो ।

उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा, सचिवमा कार्यालय सचिव काशी बहादुर विकलाई समेत सर्वसम्मतबाट जिल्ला कमिटीले निर्णय गरेको छ। 

भरत थापाको अध्यक्षमा बसेको बैठकले अगामी जिल्ला अधिवेशन चैत्र १६ र १७ मार्तडीमा गर्ने समेत निर्णय गरेको छ।

clock सोमबार २९, माघ २०८० ०८:४७

प्रतिक्रिया