राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सरकार लागिरहेको छः मुख्यमन्त्री शाह

  आइतबार २६, कार्तिक २०८० ०९:१७

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आपसी सदभाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सरकार लागिरहेको बताएका छन् ।

हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहले पर्वहरुले सबैमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुगाउने बताएका हुन् ।

उनले दीपावली आफै उज्यालोको प्रेरणा रहेको बताउँदै ‘दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस ।’

उनले कार्तिक शुक्ल पक्षको द्धितिय तिथिसम्म मनाइने तिहार पर्व नेपालीहरुको ठुला चाडहरुमध्ये एक महत्वपूर्ण पर्व रहेको बताउँदै ‘यमपञ्चकको रुपमा समेत जानिने तिहार पर्वभित्र कागतिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाई तिहार जस्ता विशिष्ट तिहारहरु समेटिएका छन । यस पर्वको अवसरमा धन र एश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ ।’

उनले तिहारको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि, अग्रजमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

clock आइतबार २६, कार्तिक २०८० ०९:१७

प्रतिक्रिया