एमालेले  बैतडीको ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ सञ्चालन गर्ने

  शुक्रबार १५, भदौ २०८० १०:१७

काठमाडौँ । नेकपा (एमाले) ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ।

एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए।

अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो। यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो। 

मङ्सिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौँ मानिसलाई सहभागी गराइने उनले बताए। पदयात्राअघि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना बनाउने प्रचार विभाग प्रमुख गौतमले बताए।

clock शुक्रबार १५, भदौ २०८० १०:१७

प्रतिक्रिया