कैलालीबाट हतियार र लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
अत्तरिया । कैलालीबाट प्रहरीले हातहतियार तथा खरखजना मुद्दा र लागू औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरेका २ जना बुधवार पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा हातहतियार तथा खरखजना मुद्दामा २४ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको कैलारी गाउँपालिका – ८ पृथ्वीपुरका दयाराम चौधरी र लागू औषध मुद्दामा १९ दिन कैद सजाय तोकिएका कैलारी गाउँपालिका – ८ की रिता कठरिया रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया