प्रतिनिधिसभा अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध

  सोमबार ११, भदौ २०८० १०:१४

काठमाडौं । प्रतिनिधिसभाका अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुनेछ ।

प्रतिनिधिसभा अन्तर्गतका दश वटा विषयगत समितिका लागि आइतबार भएको मनोनयनमा नौ वटा समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन । यद्यपी त्यसको औपचारिक घोष्णा हुन भने बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा मिलेपछि निर्विरोध भएको हो । निर्विरोध सभापतिमा निर्वाचित हुनेहरुमा सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा रहेका छन् ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी र पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको पनि एकल उम्मेदवारी रहेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव र स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित हुने भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको हो ।

clock सोमबार ११, भदौ २०८० १०:१४

प्रतिक्रिया