सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बङ्लादेशका राजदूत सलाहुद्धीन बिच भेटबार्ता

  बिहिबार १८, साउन २०८० १५:०४

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र बङ्लादेशका राजदूत सलाहुद्धीन नोमन चौधरी बिच आज (बिहीवार) भेटबार्ता भएको छ । 

भेटघाटका क्रममा सुदूरपश्चिम प्रदेशको विकासको सन्दर्भमा आवश्यक कुराकानी र बिकासका बारेमा बर्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
 
सुदूरपश्चिम प्रदेशको पर्यटन,कृषि, व्यापार, शिक्षा र कनेक्टिविटी लगायत क्षेत्रमा बङ्लादेश सहयोग गर्न चाहेको राजदूत चौधरी बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो  ।

clock बिहिबार १८, साउन २०८० १५:०४

प्रतिक्रिया