स्वचालित हतियार इन्सास सहित कैलालीको टिकापुरका धमला पक्राउ

  बुधबार १९, कार्तिक २०८२ १९:५५

धनगढी । तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर–१ का शिवराज धमला छन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । उनी पठाओ राइडर पनि रहेको खुलेको प्रहरीले बताएको छ ।

उनीबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

उक्त हतियारहरू २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ । जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए । ५ सय भन्दा बढी हतियार अझै बेपत्ता छन् ।

clock बुधबार १९, कार्तिक २०८२ १९:५५

प्रतिक्रिया