कैलालीबाट संघीय मन्त्री र प्रदेश मुख्यमन्त्री सहित ६ जना मन्त्री

  बिहिबार १८, साउन २०८० ११:५५

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले करिब सात महिनापछि मात्रै पूर्णता पाएको छ। बुधबार तेस्रो पटक मन्त्रीमण्डल बिस्तार गर्दै प्रदेश सरकारले पूर्णता पाएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुनेको संख्या ६ पुगेको छ। कैलाली निर्वाचन क्षेत्र नं.१ र २ बाट ४ जना मन्त्री भएका छन्। त्यसमा पनि १ जना मुख्यमन्त्री र १ जना संघीय सरकारमा मन्त्री छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रञ्जिता श्रेष्ठ चौधरी संघीय सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । कैलाली निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ । यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

यस्तै बुधबार मात्रै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी क्षेत्र नं २ (२) बाट निर्वाचित सांसद हुन् । मन्त्री चौधरी नागरिक उन्मुक्तिबाट चुनाव लडेका हुन् ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ को प्रदेश सभातर्फको दुईवटै निर्वाचनले पनि मन्त्री पाएको छ । क्षेत्र नं. ५ (१) मा माओवादीबाट निर्वाचित रमेश धामी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् । यस्तै क्षेत्र नं. ५(२) मा कांग्रेसबाट निर्वाचित प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

clock बिहिबार १८, साउन २०८० ११:५५

प्रतिक्रिया