प्रतिनिधि सभामा टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराइने

  सोमबार १५, साउन २०८० ०९:४१

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजेदेखि सुरु हुने बैठकका सम्भावित ५ वटा कार्यसूची छन्। 

सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ।

नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। 

clock सोमबार १५, साउन २०८० ०९:४१

प्रतिक्रिया