तेघरीमा बस दुर्घटनामा मृत्यु भएकी वृद्धाको शव १० घण्टापछि उठ्यो
अत्तरिया । कैलालीको तेघरीमा बसको ठक्करबाट मृत्यु भएकी वृद्धाको शव १० घण्टापछि उठेको छ । बुधबार बिहान गोदावरी नगरपालिका– २ तेघरीमा ना ५ ख ५२५ नम्बरको बसको ठक्करबाट मृत्यु भएकी स्थानीय ८२ वर्षीय दिलमाया शिरिषको शव १० घण्टापछि उठेको हो ।
दिपायलबाट अत्तरियातर्फ आउँदै गरेको उक्त बसले दिलमायालाई ठक्कर दिएपछि स्थानियहरुले राजमार्ग अवरुद्ध गरेका थिए । पिडित पक्षले उचित क्षतिपुर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पार्नुका साथै शव समेत उठाएका थिएनन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीमा बसेको दुई पक्षको छलफलमा उचित क्षतिपुर्ती दिने र चालकलाई कानुन अनुसार कारबाही गर्ने सहमती भएपछि सडकमै रहेको वृद्धाको शव १० घण्टा पछि उठेको हो ।
ठक्कर दिने बससहित चालक गोदावरी– १ बस्ने ५२ वर्षीय टेकराज भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया