प्रेम आलेकै गृह जिल्लामा समाजवादी शून्यः दीर्घ बोगटीको नेतृत्वमा सिंगो कमिटी एमालेमा

  शुक्रबार ०५, साउन २०८० १३:०३     विश्वास खबर

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीको डोटी जिल्ला कमिटीको सिंगो टिम नै नेकपा एमालेमा समाहित हुने भएको छ । शुक्रबार अपरान्ह नेकपा एमालेको मुख्यालय च्यासलमा एक समारोहको बीचमा समाजवादीको डोटी कमिटी समाहित भएको घोषणा गरिने छ ।

 जिल्ला अध्यक्ष दीर्घ बोगटीको नेतृत्वमा जिल्लाको पुरै कमिटी एमालेमा समाहित हुन लागेको हो । योसँगै समाजवादीका प्रभावशाली नेता पूर्वमन्त्री प्रेम आलेकै जिल्लामा समाजवादी शून्य हुनेछ । 

यसअघि प्रदेशको कानुनमन्त्री भएका नेता पनि एमालेमा समाहित हुँदैछन । जिल्ला अध्यक्ष दीर्घ बोगटीले दैनिकीसँग कुरा गर्दै शुक्रबार एमालेमा समाहित हुन लागेको कुरा पुष्टि गरेका छन । 

उनले आज सम्भवका उपस्थित हुने र उपस्थित हुन नसकेकाहरू पनि एमालेमा फर्किन सहमत भएको बताएका छन । बोगटी डोटीको पूर्व चौकी गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन ।

clock शुक्रबार ०५, साउन २०८० १३:०३     विश्वास खबर

प्रतिक्रिया