जेसिज एभरेष्टका पूर्व विद्यार्थीले गरे छात्रवृत्ति अक्षयकोष स्थापना

  सोमबार ०१, साउन २०८० १९:२६

धनगढी । जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले अक्षयकोष स्थापना गरेको छ। विपन्न  विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न पूर्व विद्यार्थी संघले अक्षयकोष स्थापना गरेको हो। संघले  १५  लाखको अक्षयकोष स्थापना गरेको खेमराज जोशीले बताए। ५ लाखबाट सुरू गरिएको अक्षयकोषमा १० लाख थपेर १५ लाख बनाइएको हो।

अक्षयकोषको ब्याजबाट प्राप्त रकमले हाल आमाको माया छात्रवासका दुई जना विद्यार्थीहरू जेसिज एभरेष्ट माध्यामिक विद्यालयमा अध्ययन गरिरहेका छन्। संघले आमाको माया छात्रावासमा रहेका लक्ष्मण जैसी र सन्दिप जैसीलाई छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ। 

हाल कक्षा ६ मा अध्ययन गरिरहेका उनीहरू कक्षा १देखि नै पूर्व विद्यार्थी संघको पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका हुन्। यस्तै, संघले कक्षा १२ मा  अध्ययनरत १२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको छ।

clock सोमबार ०१, साउन २०८० १९:२६

प्रतिक्रिया