शिक्षकको काँधमा जिम्मेवारी

  बिहिबार २३, असोज २०८२ १०:३९

शिक्षक साथीहरु देश बर्वादभयो भने हामिले पढाउने कलेज र स्कुल बांची रहलान? आएन बेला हामिले हस्तक्षेप गर्ने? 

बांसघारीमा कागहरु एक आपसमा टोकाटोक गर्छ्न। उदुम गर्छ्न। उनिहरुलाइ कसैले कसैलाई हराउनु र लखेट्नु छ। तर उनिहरु हरेकले हरेकलाइ टोक्नु छ, र मार्नुछ। तर, तल फेदमा कसैले पराल हालेर आगो लगाईरहेको देख्दैन।
एउटा कुरा थाह छ? यी कागलाइ आफ्नो सुरक्षा र गुंडको मात्र लोभ छ। बांसघारीको माया कसैलाई छैन। किनकी कागलाइ बांसघारी नासिदा आफ्नो गुंडपनि नासिन्छ भन्ने थाहै छैन।  के हामी कागभन्दा पृथक छौं? छैंनौ। कसरी?

१. स्कुलका बच्चाबच्चीलाई कसैले गोली हान्न सक्छ? सक्छ, र कस्ले? त्यो व्यक्तिले वा समुहले जो शासनसत्ताको लागि राजनीति गर्छ नागरिकको समृद्धिका लागि होइन। के देशमा भ्रष्टाचार भएको थिएन? थियो, अति भएको थियो। गठबन्धन बनाइ बनाइ भ्रस्टाचार गरेको थियो? माओवादी र समाजवादीले कांग्रेस संङ्ग गठबन्धन बनाएर चुनाव लेडेको हो? हो, अनि एमाले सङ्ग गठबन्ध किन गरेको हो त। एमाले संङ्ग गठबन्धन गरेको तोडेर किन फेरि कांग्रेस संङ्ग गठबन्धन गरेको त? अनि कांग्रेसले माओवादी छोडेर किन एमाले संङ्ग गठबन्धन गरेको त?  जवाफ दिनुहोस। किनभने "तंपाइहरुले सिद्धान्त छोडेर अवसरवाद बोक्नु भएको थियो। तंपाइहरुले गरीब उल्लु बनाएर घिउमा पौडी खेल्नु भयो। अब जनता यी नेतालाइ सिहंदरबारमा होइन, छिमेकमा पनि देख्न चाहंदैनन। तैपनी यी दलप्रती रिस छैन, तर यस्ता नेताको जयजयकार गर्ने र अझपनी नेतृत्व नफेर्ने नालायकहरु संङ्ग रिस उठ्छ।

२. बौद्धिकहरु, खासगरि प्राध्यापक र शिक्षकहरु  हामिले किन हिजो दोग्ला, लोभकाऔंसा, बिदेशीका स्वार्थमा लागेका, राज्यको घन सुगुरले खोले खाएझै खाने, शिक्षाको बिकासमा मान सम्मान बिनापनी साझेदारी गर्नेलाई लखेट्ने कानुन बनाउने र बिदेशी स्कुल र केलेज ल्याएर देशलाइ उपनिवेश बनाउनेको पोषण गर्ने लाई पुरस्कृत गर्नेलाई  पुजा गर्दा हामी किन बोलेनौं। त्यसैले मलाइ म आफू प्रती नै रिस उठछ, टाउको भुंइमा ठोकी ठोकी माफ माग्न मन लाग्छ, किनकी मेरो सास यो देशको स्वतन्त्रता संङ्ग गांसिएको छ।

३. भ्रष्टाचारको बिरोध गर्नु थियो, दलतन्त्रका विरुद्ध लड्नु थियो। शाशकिय स्वरुप बदल्नु थियो। तर हाम्रा देशका हाम्रा सरकारी घरमा किन आगो लगाइयो? मलाइ कुशासनको बिरोध गर्ने चेनता मन पर्छ तर मेरो देश जलाउने कसैको गोटि बन्ने संङ्ग रिस उठ्छ।

युवाले आवाज उठाए, तर देश बनाउने दिमाग र हात त "शिक्षकहरु" हुन। हाम्रा दिमाग र हात बिना कोहि डाक्टर, इन्जिनियर,   वकिल, प्रशासक बन्दैन, हाम्रो दिमाग र हात बिनात "केवल नेपालको नेता बन्दोरहेछ।" तेस्ता मानिसले देश बनांउछ भनेर हामिले कसरी बिश्वास गर्यौं? अत: यो महान देशको यो हालत हुन हाम्रो पनि दोष छ। आज देशमा "फोहोर भान्सामा मुसा पसेझैं हाम्रो देश भत्काउने शक्ति पस्ने खतरा छ, हाम्रा ससना छोराछोरीको भविस्य सिंहदरबार जलेझै जल्लाकि भन्ने डर छ। यो माटोमा हामी अरु कसैका "जनता वा सरणार्थी बन्नुपर्ने हो कि भन्ने भय छ, हाम्रो देशको सार्भभौमसत्ताको कसैले घाँटी थिचीदिने हो कि भन्ने त्रास छ।" तेसो भए हामी शिक्षकको भुमिका छैन र? हामी कसैका झोले भएर मात्र देश बांच्छ त? 

शिक्षाक्षेत्रले देशको दुर्दशा हेर्न सक्दैन। हामी सङ्ग नेता बनाउने र नेता बन्ने सामर्थ्य छ, बिश्वास गरौं।शिक्षाले नै दुनियाँ बदल्ने हो। आज सम्म शिक्षा र शिक्षकमाथीको अपमानले देश यो दुर्दशामा आइपुगेको हो। चिन्तन गर्ने र ज्ञानको निर्माण गर्ने भोको छ तर "तर पैसा गन्ने चैं बर्षको दुइकरोड तलब खान्छ। कुर्सीमा बसेर आदेश दिने राज्यका पैसामा मोज गर्छ, तर ज्ञान निर्माण गर्ने" अपमानित छ। किन भयो यो दसा? किनकी राज्यले हाम्रो भुमिका खोजेको थियो तर हामिले ख्यालै गरेनौ। देश जेन्जि, जेन्वाइ वा अरु के के बनांउदैन। देश दिमागले बनांउछ। त्यो दिमाग तपाईं हामी मास्टर संङ्ग छ। साथीहरु " हामी उफ्रीयेर लंकापुग्न सक्छौ, के देश जिम्मा लिन अब पनि तयार हुनुपर्दैन र?

म मेरो देश मरेको हेर्न सक्तिन। हामी देशभक्तीको कुरा गर्छौं। त्यो देशभक्ती कहाँ जाग्छ? हाम्रो चेतनामा। शिक्षकको दिमाग र कक्षाकोठामा। अब देशको जिम्मा शिक्षकहरुले लिनुपर्छ। देश सुरक्षित गरौं।
 

clock बिहिबार २३, असोज २०८२ १०:३९

प्रतिक्रिया