‘सुदूरपश्चिम सरकारले बनाउने चिडियाखानाभित्र म जस्तो सांसदलाई राखियोस्’- प्रदेशसभा सदस्य बम

  बिहिबार २८, असार २०८० १०:५३

धनगढी । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले प्रदेश सरकारले ल्याएको बजेटप्रती तीव्र असन्तुष्टि जनाएका छन् ।

बमले आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरेका एउटा पनि योजना नपरेको तर १७ योजना कसरी र कहाँबाट हालियो भन्दै प्रश्न समेत गरेका छन् ।

बमसरकारले आफ्नो निर्वाचन क्षेत्रमा चिडियाखाना बनाउन बजेट विनियोजन गरेकोलाई भने व्यांग्यात्मक रुपले प्रस्तुत भए । उनले उक्त चिडियाखानामा आफूलाई राख्न माग पनि गरे ।

‘चिडियाखाना आवश्यक छ । चिडियाखानामा अनौठो जनावर राखिन्छ । दुरदराजबाट मानिस हेर्न आउँछन्, म जस्तो सांसदलाई पनि चिडियाखानाभित्र राख्नुपर्छ,’ बमले भने, ‘जो सांसदमा निर्वाचित भएर पनि एउटा योजना हाल्न सक्दैन। 

वडा, नगरपालिका र गाउँपालिकामा प्रवेश निषेध गरिएको छ । त्यस्तो सांसद कुन देशमा होला ? त्यसैले मलाई चिडियाखानाभित्र राख्नुस् ।’

clock बिहिबार २८, असार २०८० १०:५३

प्रतिक्रिया