आगामी आर्थिक वर्षको बजेट संशोधन गर्न माओवादी सांसद ओलीको माग

  बिहिबार २८, असार २०८० १०:३१

धनगढी । बजेट माथिको छलफलका क्रममा माओवादी सांसद शिवसिंह ओलीले आगामी आर्थिक वर्षको बजेट संशोधन गर्न माग गरेका छन् ।

आज सत्ता गठबन्धनको घटक रहेको माओवादी केन्द्रको तर्फबाट बजेट माथिको धारणा राख्दै उनले बजेट न्यायोचित नभएको भन्दै संशोधनको माग गरेका हुन् ।

उनले आफ्नो जिल्लाबाट आएका बजेटहरू कसरी आए त्यो विषयमा जानकारी नरहेको समेत स्पष्ट पारेका थिए । उनले प्रदेश गौरवका योजना नरहेको भन्दै आलोचना गरे ।

‘प्रदेश गौरवको आयोजनाका रूपमा एउटा पनि योजना अगाडी बढाउन सकिएको छैन कृषि मन्त्रालयको हालत देख्दा मलाई उदेक लागेर आयो । उनले भने ४० देखी ५० करोड रुपैयाँ सम्भाव्यता अध्ययनमा छ यसरी प्रदेशको विकास कसरी हुन्छ ?’

ओलीले विगतका कर्मागत योजना हटाएको भन्दै विरोध गरेका थिए । उनले डोटीको भूकम्प प्रभावित क्षेत्रमा ध्यान नगएको आरोप लगाए ।

प्रदेशका पर्यटकीय क्षेत्रको विकासका लागि पर्याप्त बजेट उपलब्ध नगराएको बताए । उनले धनगढीका थुप्रै सडकहरूका योजना रहेको तर, पहाडी क्षेत्रमा नभएको बताए ।

उनले भने, ‘कैलाली जिल्लामा १०० भन्दा बढी सडक छन् ४७ सडक धनगढीमा मात्रै छन् । यहाँका गल्ली गल्ली पिच हुने भयो । पहाडमा विकास भएन ।’

clock बिहिबार २८, असार २०८० १०:३१

प्रतिक्रिया