धनगढीमै अव जापानीज भाषाको परिक्षा हुने

  सोमबार २५, असार २०८० १८:०७

धनगढी । कैलालीको धनगढीमै अव जापानीज भाषाको परिक्षा हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर चटकपुरस्थित विरकौसल्या कन्सल्टेन्सी धनगढी शाखाले विदेशीहरूको लागि जापानीज भाषा क्षमता परीक्षण (जेएलसिटी) गर्ने भएको हो ।

जुलाई १५ अर्थात असार ३० गते शनिवारका दिन कैलालीको धनगढी स्थित कैलाली मोडलमा परिक्षा सञ्चालन हुने कन्सल्टेन्सीका शाखा सञ्चालक विज्ञान सिंहले जानकारी दिए । सो परिक्षामा सहभागि हुन परामर्शदाताहरू, संस्थानहरू र व्यक्तिहरूले सो केन्द्रमा उपयुक्त क्षेत्रबाट आवेदन भर्न सक्ने उनले बताए ।

यसअघि सुदूरपश्चिमका विद्यार्थीहरुले जापानीज भाषा यही अध्यापन गरेपनि परिक्षा दिनका लागि काठमाडौं, पोखरा, इटहरी, बुटवल, चितवन, झापा, दाङ जानुपर्ने बाँध्यता थियो । विर कौसल्याले जापानीज भाषाको परिक्षा शुरु गरेसंगै विद्यार्थीहरुलाई सहज हुने उनको भनाई छ ।

मंसिर १६ गतेमात्र सुदूरपश्चिमबाट जापान अध्यापन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै शाखा विस्तार गरिएको थियो । आर्थिक अवस्था कमजोर भएकाहरुले काठमाडौँ नगई धनगढीमै बसेर भाषा पढ्न सजिलो होस् भन्ने उद्देश्यले सो शाखा विस्तार गरिएको थियो । बिर कौसल्या कन्सल्टेन्सिको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ ।

clock सोमबार २५, असार २०८० १८:०७

प्रतिक्रिया