बजेटमाथिको छलफल अझै अनिश्चित, मन्त्री सिंहको शोक प्रस्ताव सर्वसम्मत ढङ्गले पारित

  सोमबार २५, असार २०८० १७:१०

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोक प्रस्ताव सर्वसम्मत दंगले पारित भएको छ ।

सोमबार बसेको दोस्रो अधिवेशनको १५ औं बैठकले सो प्रस्ताव सर्वसम्मत दंगले पारित भएको हो । सभामुख भीमबहादुर भण्डारीले सभामा पेश गरेको प्रस्तावमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले पनि समर्थन गरेका थिए । 

शोक प्रस्ताव पारित भएसंगै सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामा जानकारी दिए । यो संगै बजेटमाथिको छलफल  अझै अनिश्चित बनेको छ ।

clock सोमबार २५, असार २०८० १७:१०

प्रतिक्रिया