धनगढीको ग्यालेक्सी स्कुलकी नितुले ल्याइन् ‘एसईई’मा ४ जिपिए

  शनिबार २३, असार २०८० १०:११

धनगढी । धनगढीको ग्यालेक्सी स्कुलकी नितु बिष्टले ‘एसईई’मा ४ जिपिए ल्याएकी छिन्। बिहीवार प्रकाशित नतिजामा बिष्टले सुदूरपश्चिम प्रदेशमै सर्वाधिक जिपिए हासिल हरेको विद्यालयको दाबी छ। 

नर्सरीदेखि ग्यालेक्सी स्कुलमै अध्ययन गरेकी नितुले ४ जिपिए ल्याउनुमा निरन्तरको मेहनत र विद्यालयको मार्गदर्शनले काम गरेको बताएकी छन्। उनले परीक्षामा विज्ञान विषयमा मात्रै दुई अङ्कको प्रश्नको जबाफ लेख्न छुटेको बताएकी छन्।

नितुको सबै विषयमा ए प्लस ग्रेड आएको छ। भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएकी नितुले ग्यालेक्सी स्कुलमै कक्षा ११ र १२ अध्ययन गर्ने बताएकी छन्। नितुले ४ जिपिए ल्याउँदा एसइई दिने ६१ जनाको पनि राम्रो ग्रेड आएको विद्यालयले जनाएको छ।

विद्या उपाध्याय र कृश भट्टले ३ दशमलव ८५ जिपिए, बिपिन बोगटीले ३ दशमलव ८० जिपिए र रिवाज ओझाले ३ दशमलव ६५ जिपिए हासिल गरेको विद्यालयले जनाएको छ।

ग्यालेक्सीका १४ जनाले ३।२ देखि ३.५९ जिपिए, २२ जनाले २.८ देखि ३.१९ जिपिए, १६ जनाले २.४ देखि २.७९ जिपिए र चार जनाले २ देखि २.३९ जिपिए हासिल गरेका छन्।

clock शनिबार २३, असार २०८० १०:११

प्रतिक्रिया