जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गत रहेको १५ शय्याको जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताल स्तरोन्नतिको निर्णय गरेको हो ।
यो योजना चुनावी प्रतिबद्धतामध्येको एक रहेको मेयर भरत जोशी बताउँछन् । उनी २८ वर्षको उमेरमा देशकै कान्छा मेयरको रूपमा निर्वाचित भएका थिए ।
सञ्चालन अब प्रदेश सरकारको मातहतमा हुनेछ, जसले सेवाको गुणस्तर र पहुँचमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया