चिसोले कैलालीसहित तराईको जनजीवन प्रभावित

  बुधबार ०९, पुष २०८२ १०:२३

 

धनगढी । चिसोले कैलालीसहित तराईको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । 

चिसोले बालबालिका, वृद्धवृद्धा, विपन्नलगायत प्रभावित भएका छन् । मान्छेलाई बाहिर हिँडडुल र नियमित कामकाज गर्न समस्या भएको छ । 

चिसो बढेपछि बिहानै विद्यालय जाने विद्यार्थीलाई धेरै समस्या भइरहेको धनगढी उपमहानगरपालिका–१, शिवनगरका रमेश भट्टराईले बताए । 

अत्यधिक चिसो भएमा बालबालिकालाई चिसोबाट जोगाउन विद्यालयले चाररपाँच दिन बिदा दिए पनि हुने उनको भनाइ छ । यहाँ बिहानैदेखि हुस्सुसँगै शीत झरिरहेको छ । हुस्सुका कारण दिनभरि घाम लाग्न सकेको छैन ।    

clock बुधबार ०९, पुष २०८२ १०:२३

प्रतिक्रिया