उपचारका लागि भारतको नयाँ दिल्ली गएका मुख्यमन्त्री शाह स्वदेश फर्किए

  बुधबार ०९, पुष २०८२ १३:१९

धनगढी । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह मंगलबार साँझ स्वदेश फर्किएका छन्।

दायाँ खुट्टाको रीडको हड्डी तथा नसा सम्बन्धी समस्या देखिएपछि मुख्यमन्त्री शाह मंसिर २६ गते उपचारका लागि भारतको नयाँ दिल्ली  गएका थिए। नयाँ दिल्लीस्थित चिकित्सकहरूले शाहको रीडको हड्डीको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्।

धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका मुख्यमन्त्री शाह उपचारपछि पुनः स्थलमार्ग हुँदै धनगढी फर्किएका हुन्। यसअघि धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा काठमाडौंको वीर अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराएका थिए।

चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भारत गएका मुख्यमन्त्री शाहले उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यक्तिगत रूपमा व्यहोरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

clock बुधबार ०९, पुष २०८२ १३:१९

प्रतिक्रिया