धनगढीको स्वस्तिक हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५७६ जनाले लिए सेवा

  आइतबार १८, जेठ २०८२ ०६:०२

धनगढी । कैलालीको हसुलियामा धनगढीको स्वस्तिक हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले कैलारी गाउँपालिका–१ को हसुलियामा रहेको दिपेन्द्र माध्यमिक विद्यालयमा निस्शुल्क स्वास्थ शिविरको आयोजना गरेको हो ।

कैलारी गाउँपालिकासँगको समन्वयमा आयोजना गरिएको स्वास्थ शिविरमा ५७६ जनाको निस्शुल्क चेकजाँच गर्दै औषधी वितरण गरिएको स्वस्तिक हस्पिटलले जनाएको छ ।

उनीहरू मध्ये ४३३ जना महिला र  १२३ पुरूषले निस्शुल्क स्वास्थ शिविरको लाभ उठाएका छन् ।

उनीहरू मध्ये २३६ जनामा हाडजोर्नी सम्बन्धि समस्या, फिजिशियनतर्फ २४४ जना, सर्जरीतर्फ २० जना, नाक कान घाँटी सम्बन्धि समस्या भएका ४२  जना र २४ जना महिला रोग भएको बिरामी छन् ।

शिविरमा हार्डजोर्नीतर्फ डाक्टर उत्सव श्रेष्ठ, जनरल ल्याप्रोस्कोपी सर्जन डाक्टर राजीव चौधरी,नाक, कान , घाँटी, थाइराइड रोग विशेषज्ञ डाक्टर प्रशान्त भट्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर रिहा ढुंगेल र जनरल कन्सल्टेन्ट फिजिसियन डाक्टर सुनिल पाण्डेले निस्शुल्क स्वास्थ शिविरमा चेकजाँच गरेका थिए ।

अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले सामाजिक उत्तरदायित्व अन्तरगत कैलारीको हसुलियामा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

तिवारीले निस्शुल्क स्वास्थ शिविरमा सहभागी भएकाहरूलाई सोही पर्चाका आधारमा १५ दिनसम्म अस्पतालमा समेत निस्शुल्क रूपमा परीक्षणको व्यवस्था मिलाइएको बताए  ।

clock आइतबार १८, जेठ २०८२ ०६:०२

प्रतिक्रिया