माया मेट्रो अस्पतालमा नवदुर्गा वासीलाई उपचारमा छुट
धनगढी । कैलालीको धनगढी स्थित माया मेट्रो अस्पताल र डडेल्धुराको नवदुर्गा गाउँपालिका बिच उपचारमा छुट दिने गरी सम्झौता भएको छ । आज भएको सम्झौता अनुसार नवदुर्गा बासीले माया मेट्रो अस्पतालमा २५% छुट पाउने भएका हुन् ।
अस्पतालका निर्देशक डा.मोहन साउँद र नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अस्पतालका अनुसार प्रयोगशाला, बेड, (टि.एम.टी) मा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
यसका साथै इको, यु.एस.जी, सिटि स्क्यानमा १५ प्रतिशत तथा फार्मेसी र ओ.टीमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो । यसका लागी नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले अस्पताललाई धन्यवाद दिएका छन् । माया मेट्रो अस्पतालमा उपचारका लागी नवदुर्गा गाउँपालिका बासीले पालिका अथवा पडाको सिफारिश लिएर आउँदा छुट पाइने जनाइएको छ ।
प्रतिक्रिया