साइन नेपालले गैरागाउमा आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ ले निःशुल्क सेवा
डोटी । मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले डोटीको गैरागाउ स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार स्वास्थ्य शिविरमा १५८ जनाको स्वास्थ्य परीक्षण तथा निदानको सुझाव दिइएको छ ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पालिकाहरूमा शिक्षा, स्वास्थ्य, आय–आर्जन, कृषि र आपतकालिन क्षेत्रमा निरन्तर जनता माझ प्रत्यक्ष गएर कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया